• ०६७-४२०१३५, राहत शाखा (०६७-४२००५७)

गण्डकी प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
वन निर्देशनालय

डिभिजन वन कार्यालय पर्वत

गण्डकी प्रदेश, नेपाल

forest logo

झ्याम नारायण सापकोटा

डिभिजनल वन अधिकृत

राम बहादुर बि.क.

सूचना अधिकारी

हाम्रो बारेमा

संघिय नेपालको गण्डकी प्रदेश अन्तर्गत रहेका ११ जिल्लाहरुमध्ये पर्वत जिल्ला सबैभन्दा सानो जिल्ला हो । यस जिल्लाको सदरमुकाम समुन्द्री सतहबाट ८४७ मीटर उचाईमा रहेको कुश्मा बजार हो । पूर्वमा कास्की र स्याङजा, पश्चिममा गुल्मी र बाग्लुङ, उत्तरमा म्याग्दी र दक्षिणमा स्याङ्जा र गुल्मी जिल्लाले घेरिएको यस जिल्लाको कूल क्षेत्रफल ५४२.१ वर्ग कि.मी. रहेको छ भने उचाईका हिसाबले यो जिल्ला समुन्द्री सतहबाट ५२० मिटरमा रहेको सेतीवेणी देखि ३,३०९ मिटरमा रहेको हम्पालको लेकसम्म फैलिएको छ । यस जिल्लाको कूल भूमि ५४,२१० हेक्टरमध्ये वन क्षेत्र २७,६४० हेक्टर (५१.०० प्रतिशत), र अन्य क्षेत्र २६,५७० हेक्टर रहेको छ । यस जिल्लामा साल, चिलाउने, कटुस, उत्तिस लगायतका काष्ठजन्य रुख प्रजातिदेखि गोब्रेसल्लाकोे वन सम्म र कुरीलो, काउलो, अल्लो, लोक्ता देखि नागवेली, पाखनवेद, सतुवा, सुगन्धवाल, टिमुर, चिराईतो, लौँठसल्ला सम्मका गैह्रकाष्ठजन्य वनस्पतिहरु पाईन्छन् । यस जिल्लामा चितुवा, स्याल, रातोबाँदर, रतुवा मृग, दुम्सी, मैना, गौथली, गिद्ध, भँगेरो, सर्प, माउसुली, सुनगोहोरो, भ्यागुतो आदि प्रजातीका वन्यजन्तुहरु पाईन्छन् । पर्वत जिल्लाको सम्पूर्ण वन क्षेत्रलाई मुख्य गरी राष्ट्रिय वन र निजी वन गरी जम्मा २ किसिमले व्यवस्थापन गरिदै आईरहेको छ । पर्वत जिल्लामा राष्ट्रिय वनलाई सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन, कवुलियती वन र संरक्षित वन (पञ्चासे संरक्षित वन) को रुपमा कार्यान्वयन गरिदै आएको छ ।
नेपालका ७५ जिल्ला मध्ये ७४ वटा जिल्लामा जिल्ला वन कार्यालयहरुको संरचना रहेका र ती जिल्लाहरुलाई वनक्षेत्रर महत्वका आधारमा ५ वर्गमा क देखि ङ वर्ग सम्म विभाजन गरिएको थियो । वि.स. २०४२ सालमा स्थापना भएको जिल्ला वन कार्यालय, पर्वत सोही वर्गिकरण अनुसार घ वर्गमा पर्दछ । यस जिल्लामा पहिले १ सेक्टर वन कार्यालय र ८ वटा इलाका वन कार्यालयहरु रहेका थिए । तर वि.स. २०७५ साल असार ३१ गते बसेको नेपाल सरकार (मन्त्रीपरिषद्को बैठकबाट स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यस जिल्लामा गण्डकी प्रदेश मातहत रहने गरि हाल १ वटा डिभिजन वन कार्यालय र ६ वटा सब डिभिजन वन कार्यालयको व्यवस्था गरेको छ । सोहीअनुसार यस कार्यलयको नाम जिल्ला वन कार्यांलय पर्वतबाट डिभिजन वन कार्यालय पर्वत रहन गयो ।

डिभिजन वन कार्यालय पर्वतले गर्ने कार्यहरुको विवरण देहाय वमोजिम छन् ः
 सरकारी वनको संरक्षण, सम्बद्र्धन तथा सदुपयोग गर्ने ।
▪ जिल्लाको वन विकास कार्यमा जनसहभागिता जुटाई कार्य सञ्चालन गर्ने ।
▪ प्रचलित ऐन, नियम र नीति अनुसार सम्भाव्य सामुदायिक, कबुलियती, संरक्षित तथा धार्मिक वन क्षेत्रहरुको पहिचान, विकास एवं व्यवस्थापन गर्ने ।
▪ नेपाल सरकारको वनसँग सम्बन्धित ऐन, नियम र निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्ने ।
▪ जिल्लामा निजी वन÷कृषि वन प्रणालीको विकास एवं विस्तार गर्ने तथा आवश्यक सिप र ज्ञान हस्तान्तरण गर्ने ।
▪ जिल्ला स्तरीय पञ्चबर्षिय एवं वार्षिक योजना तर्जुमा गरि स्वीकृतीको लागि विभागमा पेश गर्ने ।
▪ जिल्ला स्तरीय सरकारी, स्थानीय तह र गैरसरकारी संघ संस्थाहरुसँग समन्वय विस्तार गरि स्थानीय स्तरका वन विकास एवं व्यवस्थापन कार्यहरु संचालन गर्ने ।
▪ जिल्लामा सञ्चालित वन विकास कार्यक्रमको प्रगति विवरणको साथै अनुगमन प्रतिवेदन वन विभाग, क्षेत्रीय वन निर्देशनालय र अन्य सम्बन्धित निकायमा पेश गर्ने ।
▪ वन व्यवस्थापन, वृक्षारोपण, जैविक विविधता तथा वातावरण संरक्षण, जलवायु परिवर्तन, वन क्षेत्रको सुशासन र समावेशीकरण सम्बन्धी जानकारी सर्वसाधारणलाई उपलब्ध तथा कार्यान्वयन गर्ने गराउने ।
▪ दिगो वन व्यवस्थापनको लागि कार्यक्रम तर्जुमा गरि विभागमा पेश गर्ने र स्वीकृत भई आएपछि कार्यान्वयन गर्ने ।
▪ वन विभागले तोकेको अन्य कार्यहरु गर्ने गराउने ।